मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसङ्घको माग

reportersnepal.com · Fri Nov 06 10:59:39 UTC 2026

न्युयोर्क, २० कात्तिक । यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसङ्घ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसङ्घले माग गरेको छ । हिरासतमा रहेका राष्ट्रसङ्घीय कर्मचारी मोहम्मद अल शमीको मृत्यु भएपछि बन्दीहरूको सुरक्षा, स्वास्थ्य र उपचारबारे चिन्ता व्यक्त गर्दै राष्ट्रसङ्घले उनीहरूको अवस्थाबारे विश्वसनीय जानकारी दिन पनि आग्रह गरेको छ ।

महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले हिरासतमा रहेका कर्मचारीलाई आवश्यक उपचार उपलब्ध गराउन र परिवारसँग नियमित सम्पर्क गर्न दिनुपर्ने बताएको छ । उनले अल शमीको मृत्युको मिति, कारण र परिस्थितिबारे स्वतन्त्र, निष्पक्ष तथा पारदर्शी अनुसन्धान गरी जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)