पुनर्बहालीको माग गर्दै कार्कीले सर्वोच्चमा हालेको रिटमा अच्युतकृष्ण र हितेन्द्रदेवको नजिर
bishowkhabar.com · Fri Nov 06 10:53:13 UTC 2026

काठमाडौं – सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेका तत्कालीन महानिरीक्षक दानबहादुर कार्कीले पेस गरेको रिट शुक्रबार सर्वोच्च अदालतले दर्ता गरेको छ । कार्कीका वारेस आभास रेग्मीले लगेको रिट दर्ता गर्दै कात्तिक ३० गतेका लागि पेसी तोकिएको छ ।
रिटमा कार्कीले सरकारले हटाउने निर्णय गर्दा आफूलाई कुनै सूचना नदिएको, परामर्श नगरेको, सहमति नलिएको र स्पष्टीकरणसमेत नमागेको दाबी गरेका छन् । उनका अनुसार निर्णयको जानकारी सुरुमा सञ्चारमाध्यमबाट र पछि गृहसचिवको हस्ताक्षरमा प्राप्त पत्रमा ‘विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको सम्बन्धमा’ भनेर दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)