अनुमति नलिई पदयात्रा गराएको भन्दै ट्राभल्स एजेन्सीसहित चार विदेशीलाई कारबाही
ratopati.com · Fri Nov 06 11:10:36 UTC 2026

काठमाडौँ । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ । विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका चार जना नागरिक प्रवेश गरेको पाइएपछि कारबाही गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, डोल्पाबाट प्राप्त पत्रका आधारमा आवश्यक छानबिन गर्दा प्रचलित कानुनको पालना नगरी विदेशी नागरिकलाई निषेधित क्षेत्रमा पदयात्रा गराउने माउन्ट रोज टुर्स एन्ड ट्राभल्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १० (४) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)