उद्योगपति विनोद चौधरीको योग्यतासम्बन्धी विवाद : सर्वोच्चले मगायो निर्वाचन आयोगबाट सक्कल मिसिल
ratopati.com · Fri Nov 06 11:15:31 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा उद्योगपति विनोद चौधरीको पार्टी केन्द्रीय सदस्य पदको योग्यतासम्बन्धी विवादमा सर्वोच्च अदालतले निर्वाचन आयोगबाट सक्कल मिसिल मागेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखा (अभियान फाँट ४ ‘ख’) ले निर्वाचन आयोगलाई पत्राचार गर्दै २०७८ माघ १८ गते आयोगबाट भएको निर्णयसहितको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएको हो।
सर्वोच्च अदालतका शाखा अधिकृत श्रीकृष्ण गौतमद्वारा हस्ताक्षरित पत्रमा डा.सुभाषचन्द्र यादव निवेदक र निर्वाचन आयोग विपक्षी रहेको उत्प्रेषणको रिटको पेसी अगावै सक्कल मिसिल पठाउन भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)