नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने
khabarhub.com · Fri Nov 06 11:15:12 UTC 2026

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई नजरबन्दमा बाँकी जेल सजाय भुक्तान गर्न बाटो खुल्ने भएको छ । उनको पार्टी युनाइटेड मलेसियन नेसनल अर्गनाइजेसन (युएमएनओ) ले अदालतले तोकेको ५० लाख रिङ्गिट (करिब एक करोड २० लाख अमेरिकी डलर) जरिवाना शुक्रबार बुझाएपछि यस्तो सम्भावना बढेको हो ।
त्रिहत्तर वर्षीय पूर्वप्रधानमन्त्री नजिबलाई मलेसियाको सार्वभौम सम्पत्ति कोष तथा अहिले निष्क्रिय रहेको ‘वान मलेसिया डेभलपमेन्ट बर्हाद’ (१एमडिबी) मा भएको विश्वकै ठूलो वित्तीय हिनामिनामध्ये एकमा संलग्न रहेको अभियोगमा जेल सजाय सुनाइएको थियो । युएमएनओले शुक्रबार बिहान क्वालालम्पुर उच्च अदालतमा जरिवाना भुक्तानीको सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)