ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)
onlinekhabar.com · Fri Nov 06 11:14:51 UTC 2026

२० कात्तिक, धनकुटा । धनकुटाका खेतबारीमा यतिबेला सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् । तिहार नजिकिएसँगै किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन् ।
तिहार फूल, माला, दियो र देउसी–भैलोको चाड हो । घरका झ्यालढोका सजाउनदेखि भाइटीकामा दाजुभाइको गलामा लगाइदिने मालासम्म फूलकै महत्व हुन्छ । यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूल खेती गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)