दिपकराज र रोहितबीच तनाव चुलियो, दुवै एक-अर्काविरुद्ध अदालत जाने तयारीमा
nepalpress.com · Fri Nov 06 11:24:18 UTC 2026

काठमाडौं । ‘छ माया छपक्कै २’का निर्माता रोहित अधिकारी र अभिनेता दिपकराज गिरीबीचको विवाद उत्कर्षमा पुगेको छ । दुवैजना एक-अर्काविरुद्ध अदालत जाने तयारीमा जुटेका छन् ।
निर्माता अधिकारीले दुई पक्षबीच भएको सम्झौताको १२ नम्बर बुँदा भंग गरेको आरोप गिरीको छ । उक्त बुँदामा सम्झौतासँग सम्बन्धित आर्थिक, व्यापारिक, प्राविधिक वा सृजनात्मक जानकारी दुवै पक्षले आपसी लिखित सम्झौताबिना तेस्रो पक्षलाई दिन नमिल्ने उल्लेख छ । निर्माता अधिकारीले यही सम्झौता उल्लंघन गरेर मिडियाबाजी गरेको, अप्रमाणित आरोप लगाएको गिरीले बताएका छन् । यदि थप मिडियाबाजी गरेमा मानहानीको मुद्दा हाल्ने उनको चेतावनी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)