मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झिलिमिली बत्तीको चमकबीच माटोका पालाको व्यापार कायमै, कच्चा पदार्थको अभाव

aarthiknews.com

भक्तपुर । तिहार नजिकिएसँगै माटोका दियो (पाला) बनाउने र बिक्री गर्ने व्यवसायीलाई भ्याइनभ्याइ छ । लक्ष्मीपूजामा माटोको पाला बाल्ने परम्पराका कारण यस वर्ष पालाको माग बढेको व्यवसायी बताउँछन्। तर, पाला बनाउन आवश्यक माटो सहज रूपमा नपाउँदा मागअनुसार उत्पादन गर्न समस्या भइरहेको उनीहरूको गुनासो छ।

माटोका पाला बनाउँदै आएका रमण बुद्धिराम प्रजापतीका अनुसार यस वर्ष व्यापार पोहोरकै हाराहारीमा छ । तर, उत्पादन लागत बढ्दै जाँदा बिक्रीबाट प्राप्त हुने मूल्यले खर्च धान्न कठिन भएको छ । उनले अहिले एक दर्जन पालाको मूल्य ४० रुपैयाँ रहेको बताए । पहिले आफैँ माटो खोजेर ल्याउने गरे पनि अहिले माटो किन्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । माटो लिन कहिले गोकर्ण त कहिले अन्य ठाउँ पुग्नुपर्ने भएकाले गाडी भाडासमेत थपिएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)