मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बुद्धभूमिका सबै वडामा सर्प उद्धारकर्ता परिचालन

gorkhapatraonline.com · Fri Nov 06 11:39:49 UTC 2026

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सर्पदंशका घटना न्यूनीकरण तथा सर्पको सुरक्षित उद्धार गर्ने उद्देश्यले नगरपालिकाका सबै वडामा सर्प उद्धारकर्ता परिचालन गरेको छ । नगर युवा परिषद्को पहलमा नगरपालिकाका १० वटै वडाबाट ५० जना युवालाई सर्प उद्धारसम्बन्धी तालिम प्रदान गरी उद्धारकर्ता परिचालन गरिएको हो ।

नगरपालिकाको आर्थिक सहयोगमा कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा दुई दिने सर्प उद्धार तालिम सञ्चालन गरिएको थियो । तालिममा अनुभवी सर्प उद्धारकर्ता तथा विज्ञ कमल देवकोटा र रुपन्देहीका सर्प उद्धारकर्ता खेम सारू मगरले सहजीकरण गर्नु भएको थियो । तालिममा सहभागी युवालाई सर्पको पहिचान, व्यवहार, सुरक्षित उद्धार गर्ने विधि तथा उद्धारका क्रममा अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)