कास्कीमा घरधनीलाई सोधेर मात्रै देउसीभैलो खेल्न पाइने, १० बजेपछि खेल्न नपाइने
ratopati.com · Fri Nov 06 11:51:51 UTC 2026

पोखरा। कास्कीमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने गरी प्रशासनले नियम बनाएको छ । पर्वलाई मर्यादित, अनुशासित, सभ्य र सुरक्षित बनाउने उद्देश्यले १० बजेपछि देउसीभैलो कार्यक्रम रोक्न प्रशासनले सूचना जारी गरेको हो।
देउसीभैलोका नाममा मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै शान्ति सुरक्षामा खलल नपुग्ने गरी कार्यक्रम सञ्चालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)