मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ब्रेक फेल हुँदा बस दुर्घटना : १६ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

sutranews.com · Fri Nov 06 11:54:14 UTC 2026

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका२ भुवनपाटामा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । ब्रेक फेल हुँदा लु २ ख ३७२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सुपा देउराली मन्दिर दर्शन गरेर सुनवल फर्किएको बस ब्रेक फेल भएपछि अनियन्त्रित भएर भित्तामा ठोक्किएको प्रहरीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)