मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एमएडब्लु अर्थमुभर्सद्वारा नेपालगञ्जमा जेसीबीको नयाँ मेसिन एग्रिम्याक्स सार्वजनिक, १० ग्राहकलाई हस्तान्तरण

kendrabindu.com · Fri Nov 06 12:04:02 UTC 2026

नेपालगञ्ज । एमएडब्लु अर्थमुभर्स प्रालिले नेपालगञ्जमा जेसीबीको नयाँ मेसिन ‘जेसीबी एग्रिम्याक्स’ सार्वजनिक गरेको छ। पश्चिम नेपालका ग्राहकलाई लक्षित गरी कम्पनीले होटल सिद्धार्थमा आयोजित ‘पार्टनर इन प्रोग्रेस’ कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरेको हो।

कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिको सहभागिता थियो। नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एमएडब्लु अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा मेसिनको अनावरण गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)