मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति बदरको माग गदै प्रदर्शन, बदर नभए देशव्यापी सशक्त आन्दोलनको चेतावनी

newsofnepal.com · Fri Nov 06 12:05:00 UTC 2026

बुटवल।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले नियुक्ति बदर गर्न माग गरेको छ । नियुक्ति बदर नगरे देशव्यापी सशक्त आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ । महाअभियान’ले शुक्रवार लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको विपरीत रहेको बताउँदै नियुक्ति बदर गर्न माग गर्नु भयो । आनी विदेशी र विवादित नागरिक भएको आरोप लगाउँदै उनको नियुक्ति कदापि मान्य नहुने उहाँले चेतावनी दिनु भयो । ‘नागरिकताकै सामान्य विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिको सांसद पद खारेज भएको थियो, तर उनै रवि लामिछानेको पार्टी सरकारमा भएका बेला विवादित आनीको नियुक्तिले स्थानीयवासी आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनु भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)