मधेशमा बालविवाह अन्त्यका लागि पहल
gorkhapatraonline.com · Fri Nov 06 12:04:34 UTC 2026

मधेश प्रदेशको राजधानी जनकपुरधाममा बालविवाह अन्त्यका लागि विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले प्रदेशस्तरीय सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।
बालविवाह विरुद्धको प्रदेशस्तरीय सञ्जाल, मधेश प्रदेशको आयोजनामा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि प्रदेश र स्थानीय तहमा भइरहेका प्रयास, कानुनी व्यवस्थाको कार्यान्वयन अवस्था र आगामी रणनीतिका विषयमा सहभागीहरु बिचमा छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)