मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिरबाट लडेर किशोरीको मृत्यु

gorkhapatraonline.com · Fri Nov 06 12:26:14 UTC 2026

बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका –६ पाँडीका बुवा नसी बुढा र आमा ज्ञान बुढाकी अन्दाजी १८ वर्षीया छोरी सुभना बुढा रहेकी छन् ।

बिहीबार गाउँकै स्थानीयसँग घरदेखि तीन–चार घण्टाको दूरीमा रहेको धौलाकार जगङ्गलमा जडीबुटी टिप्न जानु भएको र बेलुकी लडेर बुढाको मृत्यु भएको हो । बुढाको आज दिउँसो धार्मिक संस्कारअनुसार गाउँनजिकै रहेको खोलामा दाहासंस्कार गरिएको प्रहरी चौकी धुलाचौरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)