मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार बिदामा निगमका डिपो खुला रहने

kendrabindu.com · Fri Nov 06 12:29:20 UTC 2026

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)