पूर्वसशस्त्र प्रहरीसहित ३ जना पक्राउ
barnanmedia.com · Fri Nov 06 12:29:57 UTC 2026

डाँका चोरी मुद्दामा ७ वर्ष जेल सजाय काटेर निस्केका पूर्वसशस्त्र प्रहरी जवानसहित तीन जनालाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बिहीबार काठमाडौँबाट आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–५ घर भएका ३७ वर्षीय युवराज भण्डारी, सप्तरीको राजबिराज नगरपालिका–३ घर भएका ३३ वर्षीय कौशल कुमार राय र धनुषाको नगराइन नगरपालिका–५ घर भएका गोपाल साह छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)