माछापुच्छ्रे बैङ्कका नवनियुक्त अध्यक्ष रोशन केसीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
hamrakura.com · Fri Nov 06 00:00:00 UTC 2026

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आयोजित एक विशेष समारोहका बीच नवनियुक्त अध्यक्ष केसीले नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उक्त शपथ लिएका हुन्।
शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरू तथा अन्य विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसका साथै, कार्यक्रममा माछापुच्छ्रे बैङ्कका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायत अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)