दाङमा खाद्यले किसानसँग पाँच हजार क्वीन्टल धान खरिद गर्ने
gorkhapatraonline.com · Fri Nov 06 12:39:31 UTC 2026

दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद गर्ने भएको छ ।
कम्पनीको केन्द्रीय कार्यालयबाट प्राप्त निर्देशनअनुसार पाँच हजार क्विन्टल धान किसानसँग यो बर्ष खरिद गर्ने भएको हो । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने गरि प्रक्रिया अघि बढाउन लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले जानकारी दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)