बुढानीलकण्ठ नगरपालिका र हेल्पिङ ह्यान्ड्स अस्पतालबीच सहकार्य
annapurnapost.com · Fri Nov 06 12:36:26 UTC 2026

काठमाडौं : बुढानीलकण्ठ नगरपालिका र चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालबीच नगरवासीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सहकार्य भएको छ।
नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिक, नगरपालिकाको स्वास्थ्य चौकी तथा नगर अस्पतालबाट प्रेषण गरिएका बिरामी र नगरपालिकाअन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने गरी दुई पक्षबीच सम्झौता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)