मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यमदीप दान आज बेलुकीदेखि सुरु

khabarhub.com · Fri Nov 06 12:40:42 UTC 2026

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यसैगरी धन त्रयोदशी पर्व पनि आजै परेको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक २१ गते शनिबार परेको समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए । आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)