मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लुम्बिनीमा २७९ मेट्रिक टन फूल उत्पादन, साढे ७ करोडको कारोबार हुने अनुमान

ratopati.com · Fri Nov 06 12:45:00 UTC 2026

बुटवल । यस वर्ष तिहारलाई लक्षित गरी लुम्बिनी प्रदेशमा २७९ मेट्रिक टन फूल उत्पादन हुने भएको छ । सयपत्री, मखमलीलगायत फूल प्रदेशका १२ वटै जिल्लामा गरी ५९ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।

लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार उत्पादित फूलबाट करिब ७ करोड ५६ लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले प्रदेशमा व्यावसायिक फूलखेती बढ्दै गएकाले उत्पादन र कारोबार दुवै बढ्ने अपेक्षा गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)