नेपालमा सार्वजनिक भयो ‘चेरी क्यू’, एकपटकको चार्जमा ४०० किलोमिटरसम्म रेन्ज
nagariknews.nagariknetwork.com · Fri Nov 06 12:38:49 UTC 2026

नेपालमा चेरी गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ विद्युतीय क्रसओभर एसयूभी CHERY Q सार्वजनिक गरेको छ। कम्पनीले नयाँ मोडलमार्फत नेपाली विद्युतीय सवारी बजारमा अत्याधुनिक प्रविधि, प्रिमियम आराम र उन्नत सुरक्षा सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गरेको जनाएको छ।
चेरी क्यूको लम्बाइ ४ हजार १९५ एमएम, चौडाइ १ हजार ८११ एमएम र उचाइ १ हजार ५६८ एमएम रहेको छ। यसमा २ हजार ७०० एमएमको ह्विलबेस र १७५ एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध छ। त्यस्तै, यसको अप्रोच एंगल २१ डिग्री र डिपार्चर एंगल २६ डिग्री रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)