संसद्मा आजदेखि बजेटमाथि छलफल सुरू हुँदै
annapurnapost.com · Mon Jun 01 04:55:32 GMT 2026

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।
बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
प्रतिनिधि सभा
स्वर्णिम वाग्ले
काठमाडौँ