सर्वोच्चले झिकायो ‘ग्रीन आर्मी’लाई अनुमति दिने रक्षा र गृह मन्त्रालयको निर्णय
baahrakhari.com · Fri Nov 06 13:26:38 UTC 2026

काठमाडौं । नेपाली सेनासँग मिल्दोजुल्दो सैनिक संरचना खडा गर्दै ‘ग्रीन आर्मी’का नामबाट गतिविधि गरेको एक विवादमा सर्वोच्च अदालतले रक्षा र गृह मन्त्रालयबाट निर्णयसहितको सक्कल फाइल झिकाएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार (कात्तिक २०) उक्त आदेश दिएको हो । अर्को सुनुवाइको दिनभन्दा अगावै प्राप्त हुने गरी रक्षा र गृहबाट निर्णयसहितको सक्कल फाइल पेस गर्न आदेश भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)