मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखराले गुमायो दोस्रो विकेट

khabarhub.com · Fri Nov 06 13:30:24 UTC 2026

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याउँदै पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा पोखराले दोस्रो विकेट गुमाएको छ । खेलको ४ ‌ओभर ४ बलमा पोखराका युवराज साम्रा आउट भए । ड्यान मोस्लीको बलमा बोल्ड हुनुअघि उनले १४ बलमा १९ रन जोडे । यसक्रममा उनले चार चौका प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)