मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१२ प्रतिशत बढीले घट्यो ब्रिटिस एयरवेजको नाफा

bishowkhabar.com · Fri Nov 06 13:34:58 UTC 2026

काठमाडौं– ब्रिटिस एयरवेज र इबेरियाको मातृ कम्पनी इन्टरनेशनल एयरलाइन्स ग्रुप (आईएजी) को सन् २०२६ को तेस्रो त्रैमासिकमा खुद नाफा १२ प्रतिशतभन्दा बढीले घटेको छ । इन्धनको मूल्यमा भएको तीव्र वृद्धि र मध्यपूर्वमा जारी द्वन्द्वका कारण उडान प्रभावित हुँदा कम्पनीको नाफा घटेको आईएजीले जनाएको हो ।

आईएजीले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा कम्पनीको करपछिको खुद नाफा १ अर्ब २३ करोड युरो (१ अर्ब ३७ करोड अमेरिकी डलर) मा झरेको छ । सन् २०२५ को सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड युरो खुद नाफा कमाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)