मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ओमोडा एन्ड जेइकुको अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न

baahrakhari.com · Fri Nov 06 13:56:28 UTC 2026

काठमाडौं । चाइना चेरी ग्रुपअन्तर्गतको अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकुले चीनको वुहुमा आयोजना गरेको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न गरेको छ । अक्टोबर १८ देखि २४ सम्म चलेको समिटमा विश्वभरका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदार सहभागी भएका थिए ।

‘ड्राइभ टु द नेक्स्ट भाइब’ नारासहित आयोजित कार्यक्रममा ब्रान्डले नयाँ सवारीसाधन, हाइब्रिड प्रणाली र स्मार्ट मोबिलिटी प्रविधि प्रदर्शन गरेको थियो। समिटको मुख्य आकर्षण अक्टोबर २० मा सार्वजनिक गरिएको ओमोडा एक्स रह्यो । यसलाई एसयूभीको व्यावहारिकता, अफरोड क्षमता र स्पोट्र्स कारको स्वरूप समेटिएको क्रसओभर सवारीका रूपमा प्रस्तुत गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)