प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह
baahrakhari.com · Fri Nov 06 14:04:01 UTC 2026

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश रोक्न आग्रह गरेको छ ।
महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले शुक्रबार (कात्तिक २०) राष्ट्रपति पौडेललाई भेटेर उक्त आग्रह गरेको हो । महासंघले महासरोकारवाला पक्षसँग पर्याप्त छलफल नगरी अध्यादेशमार्फत कानुन ल्याउने प्रक्रिया लोकतान्त्रिक विधि र संविधानको मर्मविपरीत रहेको भन्दै राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)