मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपमा असन्तुष्टि, समाजवादको बहस र नेपाललाई पाठ

nepalpress.com · Fri Nov 06 14:12:37 UTC 2026

सोभियत सङ्घको विघटन र पूर्वी युरोपमा समाजवादी व्यवस्थाको अवसानपछि इतिहासको अन्त्य भएको घोषणा गरियो। शीतयुद्धको अन्त्यसँगै विश्व राजनीतिमा उदार लोकतन्त्र र बजारमुखी पुँजीवादको विकल्प छैन भन्ने भाष्य स्थापित भयो। समाजवादको पराजयलाई वैकल्पिक सामाजिक–आर्थिक व्यवस्थाको सम्भावनाको अन्त्यका रूपमा व्याख्या गरियो।

सन् १९८९ मा अमेरिकी राजनीतिक चिन्तक फ्रान्सिस फुकुयामाले आफ्नो चर्चित लेख The End of History ? मार्फत यही निष्कर्षको सङ्केत गरेका थिए। पछि प्रकाशित पुस्तक The End of History and the Last Man मा उनले यस विचारलाई थप विस्तार गरे। मानौँ, मानव समाजले आफ्नो राजनीतिक विकासको अन्तिम गन्तव्य भेटिसकेको छ र अबको यात्रा उदार लोकतन्त्र र बजारमुखी पुँजीवादभित्रका सुधार र समायोजनमा मात्र सीमित हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)