कोप–३१ मा नेपालले जलवायु न्याय र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने
nagariknews.nagariknetwork.com · Fri Nov 06 14:17:52 UTC 2026

नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायुजन्य विपद्का विषयलाई सशक्त रूपमा उठाउने तयारी गरेको छ।
आगामी नोभेम्बर ९ देखि २० तारिख (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने सम्मेलनमा नेपालले भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकले भोग्नुपरेको पीडालाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)