मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

ratopati.com · Fri Nov 06 14:44:48 UTC 2026

काठमाडौँ । नेपालमा आयोजना हुन लागेको आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले डिसेम्बर ४ तारिखमा इटलीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल डिसेम्बर ६ तारिखमा युगाण्डासँग खेल्ने तालिका छ । त्यसपछि नेपालले डिसेम्बर १० मा युनाइटेड अरब इमिरेट्स (युएई), डिसेम्बर १२ मा जर्सी र डिसेम्बर १४ मा क्यानडासँग मैदानमा उत्रिनेछ । त्यस्तै, नेपालले डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ तारिखमा कुवेतविरुद्ध खेल्ने तालिका छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)