मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्की जाँदै

ratopati.com · Fri Nov 06 14:46:26 UTC 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्की प्रस्थान गर्ने भएका छन् ।

टर्कीको आन्ताल्यामा यही नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ तारिखमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)