चार खेल, चार हार! पोखराको संकट गहिरिँदै, चितवनको दोस्रो जित
setopati.com · Fri Nov 06 14:50:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको हारको शृंखला लम्बिएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजसँग ३० रनले पराजित भएसँगै पोखराले लगातार चौथो हार बेहोरेको छ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो। लगातार चौथो हारसँगै पोखरा अंकतालिकामा अंकविहीन रहँदै पुछारमा छ। चितवनले भने दोस्रो जित निकाल्दै ५ अंक जोडेको छ र अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)