इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन
barnanmedia.com · Fri Nov 06 15:20:28 UTC 2026

इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उहाँलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । इसेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)