मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. केसीका माग पूरा गर्न चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम

saralpatrika.com · Fri Nov 06 14:51:39 UTC 2026

काठमाडौँ । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ । माग पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले चेतावनी दिएको छ ।

२५औँ पटक आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्यमा जटिलता देखिएको भन्दै संघले उनको जीवन रक्षाका लागि तत्काल वार्ता टोली गठन गरी माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)