पोखरामाथि चितवनको जित, पोखरा बाहिरिने पक्का
saralpatrika.com · Fri Nov 06 15:32:46 UTC 2026
काठमाडाैँ। यस सिजनको एनपिएलमा पोखरा एभेन्जर्स पहिलो चरणबाट बाहिरिने करिब पक्का भएको छ। सुरुवातका चार वटा खेलमा हारको सामना गरेपछि पोखराले अहिलेसम्म अंक जोडेको छैन। आजकाे सहित पाेखराले लगातार चाैथाे हार व्यहाेरेकाे छ।
शुक्रबार भएको खेलमा चितवन राइनोजले पोखरालाई ३० रनले हरायो। १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२१ रनमा सीमित भयो। पोखराका अर्जुन कुमालले सर्वाधिक ४५ रन जोडे। युवराज सम्राले १९ रनको योगदान गरे। सम्रा र कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)