बालेन, रवि र गगनलाई भेटेर फर्किए भारतीय विदेश सचिव मिश्री, ओली–प्रचण्ड र मधेशवादी दल किन छुटे ?
bishowkhabar.com · Fri Nov 06 15:45:52 UTC 2026

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने भ्रमण सकेर फर्किएका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भेटवार्ता गरे । तर, प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने विगतको अभ्यासभन्दा फरक यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मधेशकेन्द्रित दलका शीर्ष नेताहरू उनको भेटघाट सूचीमा परेनन् ।
यसले भारतीय कूटनीतिक प्राथमिकता र नेपालको बदलिँदो राजनीतिक समीकरणबारे राजनीतिक वृत्तमा चासो बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)