मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

bishowkhabar.com · Fri Nov 06 16:06:09 UTC 2026

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार एभरेष्ट बैंक लिमिटेडको मुख्य वित्तीय सूचकहरूमा दबाब देखिएको छ । बैंकको निक्षेप तथा कर्जा विस्तारमा केही वृद्धि देखिए तापनि शेयरधनीहरूलाई बाँड्न मिल्ने वितरणयोग्य मुनाफा, खुद ब्याज आम्दानी, प्रतिशेयर आम्दानी र नेटवर्थजस्ता महत्त्वपूर्ण वित्तीय सूचकहरूमा गिरावट आएको छ ।

बैंकको लाभांश वितरण क्षमता दर्शाउने वितरणयोग्य मुनाफामा उच्च गिरावट भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४९ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा २९.५७ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ । वितरणयोग्य कोषमा आएको यस भारी गिरावटले शेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने बैंकको क्षमता खुम्चिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)