मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढानीलकण्ठमा कृषक सम्मेलन

nagariknews.nagariknetwork.com · Fri Nov 06 15:57:16 UTC 2026

काठमाडौंको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आजदेखि दुईदिने कृषक सम्मेलन तथा कृषि तथा पशु उत्पादन प्रदर्शनी मेला सुरु भएको हो ।

मेलाको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उद्घाटन गरे । कार्यक्रममा उनले चाडपर्वलाई लक्षित गरी बूढानीलकण्ठ नगरपालिकाभित्रका कृषकबाट उत्पादित वस्तुलाई प्रदर्शनी गर्नुका साथै कृषक सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)