मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

barnanmedia.com · Fri Nov 06 16:07:50 UTC 2026

डम्फु सेलो शतक यात्रा’ नामक पुस्तक प्रकाशनमा आएको छ । पत्रकार तथा लेखक सुशीला तामाङले अध्ययन तथा अनुसन्धान गर्नुभएको पुस्तकको सम्पादन अनुसन्धादाता, अध्यता कैलाश राईले गर्नुभएको हो ।

‘डम्फु सेलो’ कार्यक्रमको १०० श्रृङ्खलालाई विश्लेषणात्मक रूपमा अध्ययन एवं अनुसन्धान गरेर तयार पुस्तक तयार पारिएको लेखक तामाङले बताउनुभयो । आज पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम वाइबा तामाङ, पूर्वमन्त्री सूर्यमान दोङ, तामाङ संस्कृतिविद् मानवशास्त्री बुद्धिबहादुर ङ्यासुर तामाङ, कवि एवं आख्यानकार बिना थिङ, सेलो गायक रोजबहादुर मोक्तान, लेखक एवं अध्यता रवीन्द्र तामाङ, लेखक तामाङलगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)