मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनमा साउदी अरब गठबन्धनको आक्रमण, २० जनाको मृत्यु

ratopati.com · Fri Nov 06 16:34:46 UTC 2026

यमन । यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु भएको छ । हुथी विद्रोहीहरूले शुक्रबार ताइज प्रान्तको तरकारी बजारमा साउदी आक्रमणबाट २० जनाको मृत्यु भएको दाबी गरेका हुन् ।

यमनी स्थानीय अधिकारीहरूले भने आक्रमणमा इरान समर्थित हुथी समूहलाई नै दोषी ठहराएका छन् । “साउदी शत्रुका विमानहरूले अल–वाजिया शहरको तरकारी बजारलाई धेरै मिसाइलले निसाना बनाएका छन्, जसबाट २० नागरिकको मृत्यु र १० जना घाइते भएका छन्,” हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबाहीले उनीहरूको सबा समाचार एजेन्सीमार्फत जानकारी गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)