खर्बौं डलर गुमाएपछि एआई र प्रविधि कम्पनीका सेयरमा सुधार
annapurnapost.com · Fri Nov 06 16:58:44 UTC 2026

काठमाडौं : विश्व सेयर बजारमा खर्बौं डलरको मूल्य गुमेपछि कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्य पुनः उकालो लाग्न थालेको छ ।
अमेरिकामा बिहीबार सुरु भएको ठूलो सेयर बिक्रीको प्रभाव एसियाली हुँदै युरोपेली बजारसम्म फैलिएको थियो । त्यसक्रममा प्रविधि क्षेत्रका कम्पनीहरूको बजार मूल्यमा ठूलो गिरावट आएको थियो । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको विजयपछि एआई विकासमा कडा नियमन हुन सक्ने आशंकाले लगानीकर्ताले प्रविधि कम्पनीका सेयर बिक्री गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)