फूलखेतीले दिलाएको सफलता ...
barnanmedia.com · Fri Nov 06 23:45:11 UTC 2026

पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पु¥याउने चटारोमा छन् ।
रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोईराला र खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल टिप्नमा व्यस्त हुनुहुन्छ । उहाँहरु आमा छोरा हुनुहुन्छ । धर्तीमाता कृषि फार्ममार्फत कोइराला परिवारले दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)