प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र
gorkhapatraonline.com · Sat Nov 07 00:25:38 UTC 2026

काठमाडौँ, कात्तिक २१ गते । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण फलदायी बनाउन नेपाल सरकारले उच्चस्तरको आन्तरिक तयारी तीव्र बनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आउँदो मङ्सिर दोस्रो साता प्रधानमन्त्री शाह भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा नेपाल सरकारले भ्रमणको समग्र तयारीको आन्तरिक गृहकार्य बलियो बनाएको जानकारी दिइयो । प्रेस ब्रिफिङमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले भन्नुभयो, “प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी द्रुत गतिमा भइरहेको छ, भ्रमणका क्रममा प्रस्तुत हुने मुद्दाका विषय तय गर्न प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयसँग समन्वय गरिरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)