मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

तिहारको उज्यालोमा हराएको संसार

nagariknews.nagariknetwork.com · Sat Nov 07 00:24:10 UTC 2026

तिहारसँगै घरघरमा दीपावलीको उज्यालो छाएको छ। आँगनमा सयपत्री र मखमली फुलेका छन्। बजार तिहारमा रंगिएको छ। दिदीबहिनी आफ्ना भाइको निधारमा सप्तरंगी टीका लगाउन आतुर छन्। भाइहरू आफ्ना दिदीबहिनीलाई भेट्न, उनीहरूको हातबाट टीका लगाउन र आशीर्वाद लिन घर फर्किरहेका छन्। कतै आमाहरू मिठा परिकार पकाउँदै छन्, कतै भाइहरू हाँस्दै देउसीभैलो खेलिरहेका छन्। खुसी, प्रेम र आत्मीयताले घर उत्फुल्ल देखिन्छन्।

यही उज्यालो तिहारको बिचमा एउटी छोरीको संसार भने अँध्यारो छ। उसको घरमा न आमाको ममताले भरिएको आवाज छ, न बाबाको भरोसाले भरिएको साथ, न भाइहरूको हाँसो। न कसैले ढोकाबाट बोलाउँदै भन्छ - ‘दिदी, हामी आयौं।’

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)