पर्यटन प्रवर्धनमा टिकटकसँग साझेदारी
gorkhapatraonline.com · Sat Nov 07 00:53:50 UTC 2026

काठमाडौँ, कात्तिक २१ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जाललाई पर्यटन प्रवर्धनमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा शुक्रबार काठमाडौँमा आयोजित भिजिट नेपाल अभियान शुभारम्भ कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल माध्यमबाट प्रस्तुत गरिएका सामग्रीले विश्वका विभिन्न स्थानका मानिसलाई नेपाल भ्रमणका लागि प्रेरित गर्न सक्ने बताउनुभयो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले टिकटकलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी पर्यटन प्रवर्धन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक विकासको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)