मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज काग तिहार मनाइँदै

annapurnapost.com · Sat Nov 07 01:07:23 UTC 2026

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा खान दिएर ‘काग तिहार’ मनाइँदैछ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भन्ने जनविश्वासका साथ आजको दिन कागलाई पूजाआराधना गरी मनपर्ने खानेकुरा दिई खुसी पार्ने गरिन्छ। लोकव्यवहारमा काग घरमा आएर कराएमा 'शुभ बोल, शुभ बोल' भन्ने प्रचलनसमेत रहिआएको छ। कागले घरवरपर आएर कराएमा उसले कुनै सन्देश लिएर आएको विश्वास गरिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)