मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसंघको माग

kendrabindu.com · Sat Nov 07 00:58:08 UTC 2026

न्युयोर्क । यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसंघले माग गरेको छ । हिरासतमा रहेका राष्ट्रसंघीय कर्मचारी मोहम्मद अल शमीको मृत्यु भएपछि बन्दीहरूको सुरक्षा, स्वास्थ्य र उपचारबारे चिन्ता व्यक्त गर्दै राष्ट्रसंघले उनीहरूको अवस्थाबारे विश्वसनीय जानकारी दिन पनि आग्रह गरेको छ ।

महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले हिरासतमा रहेका कर्मचारीलाई आवश्यक उपचार उपलब्ध गराउन र परिवारसँग नियमित सम्पर्क गर्न दिनुपर्ने बताएका छन् । उहाँले अल शमीको मृत्युको मिति, कारण र परिस्थितिबारे स्वतन्त्र, निष्पक्ष तथा पारदर्शी अनुसन्धान गरी जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)