राजवंशी र मैथिली भाषाबाट सरकारी कामकाज सुरु
gorkhapatraonline.com · Sat Nov 07 01:13:31 UTC 2026

झापा, कात्तिक २१ गते । झापाको शिवसताक्षी नगरपालिका–५ मा सरकारी कामकाजका लागि मैथिली र राजवंशी मातृभाषाबाट समेत कामकाज सुरु गरिएको छ । कोशी प्रदेश सरकारले मान्यता दिएसँगै झापामा राजवंशी र मैथिली मातृभाषामा सरकारी कामकाज सुरु भएको हो ।
शिवसताक्षी नगरपालिकाको ५ नं. वडा कार्यालयले राजवंशी र मैथिली भाषालाई वडा कार्यालयको कामकाजमा प्रयोग गर्ने घोषणा गरेको हो । कोशी प्रदेश सरकारले नेपालीबाहेक १३ भाषालाई सरकारी कामकाजको मान्यता दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)